Rumpum Advertisement
Dazzu

थाहै नपाई कोभिड संक्रमण भएर पनि निको भएको हुनसक्ने यी संकेत

थाहै नपाई कोभिड संक्रमण भएर पनि निको भएको हुनसक्ने यी संकेत

विराटनगर, ४ कात्तिक । संसारभरका ८० प्रतिशतभन्दा बढी मानिसहरूले कोभिडको हल्का संक्रमण भएको रिपोर्ट गरिरहेका छन् ।

विशेषज्ञका अनुसार केहीको लागि कोभिडको संक्रमण यति हल्का हुन सक्छ कि उनीहरूलाई भाइरल फ्लू जस्तो संक्रमणको लक्षणसँग छुट्याउन एकदम गाह्रो हुन्छ ।

यसले धेरै व्यक्ति संक्रमण भएको थाहा नपाई नै संक्रमणमुक्त भइसकेको संकेत गर्छ । कोभिडको संक्रमण भएमा निको हुन शरीर कत्तिको स्वस्थ छ भन्नेमा निर्भर गर्छ ।

स्वस्थ, जवान र पहिलादेखि कुनै स्वास्थ्य समस्या नभएको मानिस सजिलैसँग निको हुने वा भाइरसको हल्का मात्र संक्रमण हुने सम्भावना हुन्छ ।

कोभिड संक्रमण हुँदा देखिने लक्षणको बारेमा धेरै सचेतना भए पनि केही लक्षण हल्का भएका कारण  ध्यान नदिन वा सजिलै भ्रमित पार्न सक्ने खालका हुन्छन् ।

३ दिनभन्दा धेरैसम्म आएको ज्वरो, टाउको दुखाइ, नाक चिलाउने, सिगान बग्ने, स्वाद र गन्ध हराएमा, खान मन नलागेमा, पेटसम्बन्धी समस्या भएमा, सुख्खा खोकी, घाँटी खसखस भएमा, आँखा पोल्ने, आँखा चिलाउने वा रातो भएमा, छालामा समस्या भएमा, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा कोभिडको संक्रमण हुँदा देखिने लक्षण हुन् ।

यी सबै लक्षणको उपस्थिति भएपनि निश्चित रूपमा कोभिडको संक्रमण भएको हो भनेर पनि भन्न मिल्दैन । तर, विज्ञको टोलीका अनुसार यस वर्षको सुरुका महिनामा बिरामी परेका व्यक्तिमा कोभिडको संक्रमण भएको थाहा नभइ पनि निको हुनसक्ने हुन्छ । किनभने त्यस समयदेखि लक्षण के हो भनेर बुझ्नेक्रम भइरहेको थियो ।

एन्टिबडीको निर्माण गरी मानव शरीरलाई कोभिडबाट सुरक्षित गर्नसक्ने एक मात्र तरिका हो ।

पहिला नै संक्रमण भएर निको भइसकेको थाहा पाउन एन्टिबडी टेस्ट गर्न सकिन्छ । जसले कोभिडविरुद्ध लड्ने एन्टिबडीको स्तर पत्ता लगाउन सक्छ । तर, संक्रमण भएको २/३ महिनापछि एन्टिबडी हराउँदै जाने हुँदा यसले सही नतिजा नदिन पनि सक्छ ।

१0 प्रतिक्रिया

  1. M pergent xu mero 6 month chaldaix. Mero tension yo x ki ashoj 20 ma dharan baat aauda kai nkhaykole khali pet vyer vomit aayeko thayo tyo day baat malai ganaun banda vaykox bt rugha badhada chai gandha lagx.k yo kovid hot? Please answer ……….

    1. Ahile ko paristhiti ma tapaile katai yatra garnu vayeko athawa kunai sankaspad bekti lai vetnu vayeko xa vane corona sankraman nahola vanna sakinaa. Tara tapaiko lakxen dekhidai ma corona nai vaisakyo vanne abastha ni rahadaina. Sab vabda ramro chai ek pcr test garnu ho. Pregnancy ko bela sarir ma rogpratirodhatmak sakti ali kam hune vaye ko le belai ma test gari sajak vayera basnu uchit ho.

  2. एन्टी बढी कसरी बनाउने त
    के के छन् यसका उपाय हरु

  3. तर यहाँ बिग्य कसलाई भन्ने ? जो यहाका भ्रस्टचारी सरकार, WHO र बिल्ल्गेतले जे बोल्न लगाइञ्छ त्यहि त्यहि बोल्ने लाइ बिग्य भन्ने हो ? सामान्य रुपमा मौसम परिवर्तन हुँदा रुघा खोकी लाग्नु, हल्का जोरो आउनु, टाउको दुख्नु, नाक चिलाउने, सिगान बग्ने ……. जस्ता त भैहाल्छ। पिसिआर बन्द गरेर यो एफ एममा , टेलिफोनमा, मिडिया मा कोरोना को समाचार दिन छोड सब ठिक हुन्छ। जबकी यसको अरु रोग को तुलनामा मर्ने को सब भन्दा कम ०.१ प्रतिशत मात्र छ। जो डर गया बो मार गया।

    1. Thik 100% thik hawa tall ma ma covid 19 vanya cha janta lai Trash failako cha sala hawako bizya haru chod yo corona sorona paila jasto normal vayara bachna deu janta lai yo sabai hawa Dari kura ho corona vaneko WHO nai khatam cha yak ta ghari k ghari k yash karan chod janta lai trash failau na jai nepal nepal nepal

  4. खै कसरी थाहा पाउने ? सबै लक्षण रुखा खोकी मौसमी ज्वरो सङ्ग मिल्छ ! WHO र China को खेल हो ! गरीब रास्ट्र लाई डराउने ?? कोरोना को न्युज मा Death case % मा दीर्घ रोगीको मात्र भै रा छ ! तेस मा पनि रोगीको मृत्यु पछि रातो रात परिवार को बिना जाँच चेक अंग भङ्ग निकाली दिएर डाक्टर हरु लाखौं रुपैया को कारोवार गर्या छ ! खै सरकारको चासो ? अनि उपचार आफै गर रे ? अब कोरोना भएर नि जनता चेकअप को लागी आउदैनन ??? भुझी सके ! देश लोटेरा चोर हरु लुटोस नेपाल आमा का सन्तानहरु र भूमि लाई कलि युग हो आज को भोलि देख्नु पाइन्छ !

  5. यश मधे धेरै लछ्न मलाई पनि थ्यो र अजै पनि छ। के यो कोरोना हो???

  6. Ma pani bemar thi tara aile thik chu , fever aautho tyo pani saja vaye pachi , ani tauko ne dukhio, halka sardi pani theu ,full body pain , ani last last tera chest pain huni lamo SAS leada, tye bemari kai aawasta ma malai travel garnu paro 4day ko ulti pani vayo aile ma thik chu but body eakdum week vayeko cha .

Comments are closed.