birat ribon

प्रदेश १ मा संक्रमितको संख्यामा रेकर्ड, आठ जनाको मृत्यु

Neuro
प्रदेश १ मा संक्रमितको संख्यामा रेकर्ड, आठ जनाको मृत्यु

विराटनगर, ४ कात्तिक । प्रदेश १ मा आज एकै दिन ८७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । दैनिक संक्रमण संख्यामा यो अहिलेसम्मको सबैभन्दा बढी हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार सुनसरीमा ४४९, मोरङमा ३३७, झापामा ३८, इलाममा १०, उदयपुरमा ७, सोलुखुम्बुमा ६, संखुवासभा र तेह्रथुममा २–२ धनकुटा, खोटाङ, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १५ जनामा कोरोना देखिएको हो ।

cura insider

सुनसरीको धरानमा १६५ महिला र २०० पुरुष गरी ३६५ जनामा संक्रमण देखिएको छ । यस्तै इटहरीमा ५३, बराहक्षेत्रमा १२, इनरुवामा १०, रामधुनी र दुहवीमा ३–३, गढी, हरिनगर र बर्जुमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

मोरङको विराटनगरमा २३२, सुन्दरहरैंचामा २२, पथरीशनिश्चरेमा १७, बूढीगंगामा १२, रंगेलीमा १०, धनपालथानमा ८, बेलबारीमा ६, ग्रामथानमा ५, जहदा र केराबारीमा ४–४, उर्लाबारी र कानेपोखरीमा ३–३, लेटाङ, कटहरी र मिक्लाजुङमा २–२, सुनवर्षीमा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको बिर्तामोडमा ११, मेचीनगर र भद्रपुरमा ४–४, दमक र हल्दीबारीमा ३–३, कमल, बुद्धशान्ति, शिवसताक्षी र अर्जुनधारामा २–२, बाह्रदशी र गौरादहमा १–१ र स्थानीय तह नखुलेका ३ जनामा संक्रमण देखिएको छ ।

इलामको चुलाचुलीमा ७, फाकफोकथुममा २ र सूर्योदयमा १, उदयपुरको कटारीमा ५, त्रियुगा र उदयपुरगढीमा १–१, सोलुखुम्बुको सोलुदूधकुण्डमा ६, संखुवासभाको मकालु र सिलिचोङमा १–१, तेहथुमको लालीगुराँस र स्थानीय तह नखुलेका १–१, धनकुटामा १, खोटाङमा १, पाँचथरको फिदिममा १, ताप्लेजुङको फुङलिङमा १ र प्रदेश १ बाहिरका १५ जनाको रिपोर्ट पोजेटिभ आउको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या १४ हजार ८५८ पुगेको छ ।

प्रदेश १ मा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । सुनसरीका ४ पुरुष, झापाका १ महिला १ पुरुष, मोरंगका २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हालसम्म मृत्यु हनेको संख्या १४४ पुगेको छ ।

प्रदेश १ मा आज १४७ जना डिस्चार्ज भएका छन् । होमआइसोलेशनबाट १०३, होटल एशियाटिक आईसोलेशनबाट ३६ र मेची अस्पतालबाट ८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार १८४ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ६८२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३४८ महिला र ५२२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४८ हजार ८६४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

jackson ribon