birat ribon

राष्ट्रपतिले भोलि रानीपोखरी उद्घाटन गर्ने

Neuro
राष्ट्रपतिले भोलि रानीपोखरी उद्घाटन गर्ने

काठमाडाैं, ४ कात्तिक । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको दरबार हाइस्कुल र रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ ।

विशिष्टीकृत महत्त्व रहेको यी दुवै संरचनाको बुधवार एक समारोहबिच राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।

cura insider

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन कात्तिक ५ गते बुधबारको दिन दिउसो १२ बजे हुने भएको छ ।

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।

२०७२ साल माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्टपति भण्डारीले नै रानीपोखरी पुननिर्माणको शिलान्यास गरेकी थिइन् । त्यसैले मन्दिरको उद्घाटन पनि राष्ट्रपति भण्डारीबाट नै गर्न लागिएको मन्त्री श्रेष्ठले बताए ।

समग्रतामा रानीपोखरीलाई जस्ताको तस्तै पुनर्निर्माण भई उद्घाटन गर्ने अवस्थामा आइपुग्नुले वर्तमान सरकार पुनर्निर्माणप्रति कत्तिको चिन्तित छ भन्ने पुष्टि हुनेपनि मन्त्री श्रेष्ठले बताए ।

यसअघि गम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बिचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।

१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुननिर्माण गरिएको थियो । तर फेरि रानीपोखरीलाई आधुनिक शैलिबाट बनाउन लागिएको भन्दै सर्वत्र विरोध भएपछि पुनः पुरानै शैलीबाट निर्माण गरिएको हो ।

त्यसैले शिलान्यास भएको करिब ५ वर्षपछि मात्र रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ ।

jackson ribon