birat ribon

पार्टीको कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

Neuro
पार्टीको कर्णाली प्रदेश विवाद मिलाउन ओली र प्रचण्डबीच चार बुँदे सहमति

विराटनगर, ४ कात्तिक । कर्णाली प्रदेशको विवाद मिलाउन प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति भएको छ ।

मंगलबार बिहानको भेटघाटमा ओली र प्रचण्डबीच कर्णाली विवादको विषयमा छलफल भएको थियो ।

cura insider

केही समयअघि सत्तापक्षकै सांसदहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सत्तापक्षकै १८ जना सांसदले आइतबार नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए ।

सो विवाद मिलाउन आज बसेको ओली र प्रचण्डको भेटघाटमा चार सहमति भएका छन् ।

कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा उनीद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारको कार्यशैलीप्रति असन्तुष्टि राख्दै आएका सत्तापक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए । मुख्यमन्त्री शाहीको कार्यशैलीलाई लिएर नेकपाभित्र पटक–पटक विवाद हुँदै आएको छ ।

jackson ribon