birat ribon

कोरोना संक्रमित वृद्ध-वृद्धाको विराटनगरमा मृत्यु

Neuro
कोरोना संक्रमित वृद्ध-वृद्धाको विराटनगरमा मृत्यु

विराटनगर, ४ कात्तिक । कोरोना भाइरस संक्रमित एक वृद्धा महिला र एक वृद्ध पुरुषको मंगलबार उपचारका क्रममा विराटनगरका अलगअलग अस्पतालमा मृत्यु भएको छ ।

नोबेल शिक्षण अस्पतालमा वृद्ध र मोरङ सहकारी अस्पतालमा वृद्धाको मृत्यु भएको हो । वृद्धा महिला मोरङ रंगेली र वृद्ध पुरुष सुनसरी इटहरीका हुन् ।

cura insider

इटहरी उपमहानगरपालिका–८ का ६५ वर्षीय वृद्ध पुरुषको दिउँसो ३ बजेतिर नोबेलमा मृत्यु भएको हो । फोक्सोको पुरानै समस्या रहेका उनलाई उपचारका लागि २९ असोजमा अस्पताल भर्ना गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले बताए ।

स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा कात्तिक १ गते रिपोर्ट पोजेटिभ आएपछि थप उपचारका लागि नोबेलकै कोभिड अस्पतालमा भर्ना गरिएको उनको भानाइ छ । उपचारकै क्रममा वृद्ध पुरुषको मृत्यु भएको हो ।

त्यस्तै मोरङको रंगेली नगरपालिका–३ की ८१ वर्षीया वृद्धा महिलाको पनि बिहान ११ बजेतिर मोरङ सहकारीमा मृत्यु भएको छ । ज्वरो आउने, रिंगटा चल्ने र वान्ता हुने समस्या देखिएपछि वृद्धालाई उपचारका लागि २७ असोजमा अस्पताल भर्ना गरिएको थियो ।

पीसीआर परीक्षण गराउँदा गत आइतबार रिपोर्ट पोजेटिभ आएको परिवारले जनाएको छ । वृद्धामा दमको पुरानै समस्या रहेको र पछिल्लो समय निमोनिया पनि थपिएको अस्पतालले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टाभित्र विराटनगरमा मृत्यु हुने संक्रमितको संख्या नौ पुगेको छ । कोरोना पुष्टि भएपछि उनीहरूको विभिन्न कोभिड अस्पतालमा उपचार भइरहेको थियो ।

jackson ribon