birat ribon

कोरोना उपचारका लागि आवश्यक औषधि र उपकरणको अभाव हुन दिँदैनौं : मन्त्री ढकाल

Neuro
कोरोना उपचारका लागि आवश्यक औषधि र उपकरणको अभाव हुन दिँदैनौं : मन्त्री ढकाल

विराटनगर, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना उपचारका लागि आवश्यक औषधि र उपकरण अभाव हुन नदिने बताएका छन् ।

मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले भने, ‘मन्त्रालयले सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सबै सरकारी र निजी अस्पतालहरूलाई कोभिड–१९ को परीक्षण तथा उपचार गर्नेगरी व्यवस्था गरेको छ । अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको छ ।’

cura insider

यसैगरी उनले देशभर भेन्टिलेटरसहितको २६ सय आईसीयू तयारी अवस्थामा रहेको भन्दै उनले थप चार सय वटा आईसीयू तयार गर्ने कार्य पनि भइरहेको उनले बताए ।

यस्तै देशभर ३ हजार पाँच सय वटा अक्सिजन र मोनिटरसहितको हाइ डिपेन्डेन्सी युनिट पनि तयार गर्ने काम तीव्र रूपमा अघि बढेको उनले बताए ।

jackson ribon