birat ribon

मोदीको दाबी : भारतमा लकडाउन खुकुलो भए पनि संक्रमणमुक्त भएकाहरूको संख्या धेरै

Neuro
मोदीको दाबी : भारतमा लकडाउन खुकुलो भए पनि संक्रमणमुक्त भएकाहरूको संख्या धेरै

विराटनगर, ४ कात्तिक । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले खुकुलो लकडाउन भएर पनि संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएको मुलुकमा भारत अग्रस्थानमा रहेको दाबी गरेका छन् ।

सोमबार मोदीले भारतमा औसतमा ८८ प्रतिशत संक्रमितहरू संक्रमणमुक्त भएको जानकारी दिँदै लकडाउन लचिलो भएर पनि संक्रमणमुक्त हुनेहरूको यो संख्या विश्वमै एक मात्र र पहिलो देश भारत भएको दाबी गरे ।

cura insider

प्रधानमन्त्री मोदीले भने, ‘भारतको आकार, विविधता र मात्रा देखेर विश्व सँधै लोभिएको छ । हाम्रो जनसंख्या अमेरिकाको भन्दा झण्डै–झण्डै चार गुणा बढी छ, हाम्रा धेरै राज्यहरू युरोप र एसियाका देशभन्दा बढी प्रदूषित छन्, तर पनि हाम्रोमा कोरोनाका कारण मृत्यु भएकाहरूको संख्या अत्यन्त कम छ ।’

भारतमा संक्रमितहरूको संख्या दिन प्रतिदिन घट्दै गइरहेको र संक्रमणमुक्त भएकाहरूका संख्या पनि उच्च रहेको बताउँदै मोदीले भने, ‘यति धेरै जनसंख्या भएको मुलुकमा लकडाउन लचिलो बनाउँदासमेत संक्रमित भएकाहरूको संख्या निकै कम रहेको छ । यस्तो अवस्था विश्वको सायद कुनै पनि देशमा छैन ।’

मास्कको प्रयोगका लागि प्रेरित गर्ने मुलुकमा पनि भारत सवैभन्दा अगाडि रहेको प्रधानमन्त्री मोदीले दाबी गरे । उनले भने, ‘हामीले काम रोकेका छैनौं, खोपका लागि पनि प्रयास भइरहेको छ, अरु पनि धेरै उपायहरू हामीले अवलम्बन गरेका छौँ ।’

jackson ribon