birat ribon

शाहरुख र काजोलको मूर्ति लण्डनमा राखिने

Neuro
शाहरुख र काजोलको मूर्ति लण्डनमा राखिने

विराटनगर, ४ कात्तिक । अभिनेता शाहरुख खान र काजोलको ब्रोन्ज (कास्य) मूर्ति लण्डनमा राखिने भएको छ ।

फिल्म ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पूरा भएको अवसरमा लण्डनको लिसेस्टर स्क्वायरमा शाहरुख र काजोलको मूर्ति राखिने भएको हो । ट्रेड एनालिस्ट तरण आदर्शले ट्विटरमार्फत् दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज भएको २५ वर्ष पूरा भएको अवसरमा सन् २०२१मा शाहरुख र काजोलको मूर्ति अनावरण गरिने जानकारी दिएका हुन् ।

cura insider

यो यूकेमा बनाइएको पहिलो बलिउड फिल्मको मूर्ति हुनेछ । फिल्मको दृश्य पनि लिसेस्टर स्क्वायरमा सुट गरिएको थियो जहाँ शाहरुख र काजोलका पात्रले पहिलो पटक अपरिचितको रूपमा बाटो क्रस गरेका थिए । २० अक्टोबर १९९५ मा रिलिज भएको यो फिल्मलाई आदित्य चोपडाले निर्देशन र उनका बुबा यशराज चोपडाले निर्माण गरेका थिए ।

फिल्ममा अमरिश पुरी, अनुपम खेर, फरिदा जलाल पनि मुख्य भूमिकामा रहेका छन् ।

jackson ribon