birat ribon

काठमाडौं उपत्यकामा आज १७ सय २ संक्रमित थपिए

Neuro
काठमाडौं उपत्यकामा आज १७ सय २ संक्रमित थपिए

काठमाडौं, ४ कात्तिक । काठमाडौं उपत्यकामा मंगलबार थप १७ सय २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७ सय २ जना संक्रमित भेटिएको जानकारी दिए ।

cura insider

उनका अनुसार आज थपिएका संक्रमितहरू काठमाडौंका १४ सय ३१ जना, भक्तपुरका १४८ जना र ललितपुरका १२३ जना रहेका छन् ।

विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८६१ जनाको परीक्षणमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २१ सय ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

मंगलबार थप ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७६५ पुगेकाे छ ।

jackson ribon