birat ribon

कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुग्यो

Neuro
कोरोनामुक्त हुनेको संख्या ९६ हजार ६०९ पुग्यो

विराटनगर, ४ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप २१ सय ८ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप २१ सय ८ संक्रमित निको भएको जानकारी दिएको छ ।

cura insider

यससँगै कोरोनाबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ । कूल संक्रमितमध्ये ६९.४ प्रतिशतले कोरोना जितेको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १३ हजार ८६१ जनाको परीक्षणमा थप तीन हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या एक लाख ३९ हजार १२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या ४१ हजार ७७५ रहेको छ ।

मंगलबार थप ८ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या ७६५ पुगेकाे छ ।

jackson ribon