birat ribon

‘रेड वाइन’ मा पलको श्रीमती साम्राज्ञी

Neuro
‘रेड वाइन’ मा पलको श्रीमती साम्राज्ञी

विराटनगर, ४ कात्तिक । अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी आरएल शाह श्रीमान् श्रीमतीको भूमिकामा देखिने भएका छन् ।

‘राज्जा रानी र रुद्रप्रिया’ को निर्माण गरेका निर्माता रमेश एमके पौडेलको डेब्यु निर्देशनमा तयार हुन लागेको फिल्म ‘रेड वाइन’ यी दुईको जोडी बाँधिएको हो । गएको महिना प्रेमकथामा आधारित भएर निर्माण हुने फिल्ममा यी दुईले फिल्म साइन गरेका थिए । यी दुईले एकसाथ काम गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

cura insider

फिल्ममा पल र साम्राज्ञीका साथै हाँस्य कलाकार सन्दीप क्षेत्री र अमेरिकामा नै बसोबास गर्दै आएकी इमिली लामाको पनि अभिनय रहने छ । अमेरिकामा संघर्ष गरिरहेको एक टिनएज विवाहित जोडीको कथामा आधारित रहने छ । सविर श्रेष्ठले फिल्मको पटकथा तथा संवाद तयार पारिसकेका छन् । आर्यन फिल्मस् प्रोडक्सन र बोधी एचडी अमेरिकाको ब्यानरमा निर्माण हुने फिल्ममा अमेरिकामा नै रहँदै आएका व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ ।

निर्देशक पौडेलकै कथा र गीतसमेत रहने फिल्ममाको सह–निर्माताका रुपमा निरु भण्डारी रहेकी छिन् । फिल्मको छायांकन यसै वर्षबाट सुरु गर्ने तयारी भइरहेको छ । फिल्मको अधिकांश छायांकन अमेरिकामा गरिँदैछ ।

jackson ribon