birat ribon

तौल घटाउन र शरीरको विषाक्त हटाउन कागती पानीमा कालो नुन

Neuro
तौल घटाउन र शरीरको विषाक्त हटाउन कागती पानीमा कालो नुन

विराटनगर, ४ कात्तिक । खाली पेट बिहान कागती पानी पिउनु बोसो घटाउने उत्तम उपाय मानिन्छ ।

भिटामिन सीको भण्डार मानिने कागतीमा क्यालोरीको मात्रा कम हुन्छ र यसमा एन्टिआक्सिडन्ट, भिटामिन र अन्य खनिज भरिएको हुन्छ । कागती पानीले पेट भरेको महसुस गराउनुका साथै, हाइड्रेटेड राख्छ, मेटाबोलिज्म बढाउँदछ र तौल घटाउन मद्दत गर्छ । कागती पानीमा कालो नुन थपेर पिएमा यो स्वास्थ्यका लागि थप लाभदायक हुन सक्छ ।

cura insider

कागती पानीमा कालो नुन हालिएको पेय पदार्थले पाचनका समस्याहरू समाधान गर्छन् । यसले आन्द्रा चाल सहज बनाएर अपचको समस्या हुन दिँदैन । यी दुवै तौल घटाउनका लागि आवश्यक छन् । आन्तरिक पाचन प्रणाली राम्रोसँग काम नगरेको खण्डमा तौल कम गर्न सकिँदैन । यसले शरीरबाट नचाहिने विषाक्त पदार्थ हटाई मेटाबोलिसम र तौल घटाउने प्रक्रियालाई बढावा दिन्छ ।

कालो नुनको राखिएको कागती पानीले पनि पाचन प्रणालीको पीएच स्तरलाई कायम गर्न मद्दत गर्छ । यसले एसिडिटी, छाला रोग, अस्टियोपोरोसिस र बाथको समस्या कम गर्नसमेत सहयोग पु¥याउँछ । कालो नुनको सेवनले खाएको खानाबाट पाइने पोषणबाट थप पोषकहरू लिन मद्दत गर्छ । एन्टिक्सिडन्टले भरिपूर्ण कागती पानी र कालो नुन मिश्रित पेयले उच्च रक्तचाप, कोलेस्ट्रोलको स्तर नियन्त्रण गर्न र रक्तनलीभित्र रगत जमाउन रोक्न सक्छ ।

एक गिलास पानी (सामान्य वा तातो, चिसो पानीबाट टाढा रहनुहोस्)मा कागतीको रस र एक चम्चा कालो नुन राख्नुहोस् । यसलाई राम्रोसँग मिलाएर बिहान सबेरै वा खाना खाएपछि पिउन सकिन्छ । तौल घटाउनका लागि यो पेयले केवल सहयोग गर्छ । तौल अटाउनका लागि स्वस्थ आहार र व्यायाम नै सबैभन्दा आवश्यक हुन्छ ।

jackson ribon