birat ribon

रोनाल्डोविनाको युभेन्टस र युक्रेनको क्लब डायनामो किभ भिड्दै

Neuro
रोनाल्डोविनाको युभेन्टस र युक्रेनको क्लब डायनामो किभ भिड्दै

विराटनगर, ४ कात्तिक । युरोपको दोस्रो ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा इटालियन च्याम्पियन युभेन्टस र युक्रेनको क्लब डायनामो किभले खेल्दैछन् ।

समूह चरणको खेलअन्तर्गत हुने उक्त खेल नेपाली समयानुसार राति १०ः४० बजे डायनामोको मैदानमा हुनेछ ।

cura insider

यस खेलमा दुवै टोली सुखद सुरुआत गर्ने दाउमा छन् । युभेन्टस र डायनामो किभ समूह ‘जी’मा रहेका छन् ।

यस खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हुनेछैनन् । कोरोना संक्रमणका कारण युभेन्टसले रोनाल्डोलाई टोलीमा राखेको छैन ।

रोनाल्डोको अनुपस्थितिमा फरवार्ड लाइन पाउलो डेबाला र अल्भारो मोरोटाले सम्हाल्नेछन् । त्यसबाहेक युभेन्टसलाई अर्थर मेलो, आरोन राम्से, राबिओट, बर्नान्डेस्ची, डेनिलोलगायतको साथ छ ।

साेही समूहअन्तर्गत स्पेनिस क्लब बार्सिलोनाले हंगेरीको क्लब फेरेन्सभारोसँग खेल्दैछ । बार्सिलोनाको मैदान क्याप नाेउमा हुने साे खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

jackson ribon