birat ribon

संक्रमितको उपचार निःशुल्क हुनुपर्छ : कांग्रेस नेता

Neuro
संक्रमितको उपचार निःशुल्क हुनुपर्छ : कांग्रेस नेता

काठमाडौ, ४ कात्तिक । कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुुपर्ने कांग्रेस नेताहरुले बताएका छन् ।

नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरे । उनले संविधानले ज्ञारेन्टी गरेअनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएकोसमेत बताए ।

cura insider

कोभिड १९ संक्रमण अत्यधिक बढ्दै गएको अवस्थामा सरकार पछाडि हटेर आफ्नो उपचार आफैं गर्न भन्नु गैरजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए ।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जिउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताए । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउनसमेत उनले माग गरे ।

यस्तै कांग्रेस सह–महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभूत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए । त्यसैले कांग्रेसले दशैंपछि सुरु हुने संसदको विशेष अधिवेशन र सडकमार्फत् समेत विरोध गर्ने बताए ।

सरकारमा बस्नेहरुले राज्यकोषलाई आफूखुसी खर्च गर्न हुने तर जनताको आधारभूत आवश्यकता पूर्ति गर्नतर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैरजिम्मेवारपूर्ण कदम भएको उनले बताए ।

jackson ribon