birat ribon

चिल्लो खाद्यवस्तु कम खान पोषणविद्को सुझाव

Neuro
चिल्लो खाद्यवस्तु कम खान पोषणविद्को सुझाव

काठमाडौ, ४ कात्तिक । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्यवस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिएकी छन् ।

दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्यवस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमी आउने डा. ठकुराठीले बताइन् ।

cura insider

खासगरी दशैंमा माछामासु, पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ । कोभिड १९ संक्रमणसँग लड्न पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उनले जोड दिइन् ।

मासु र दही शरीरका लागि आवश्यक खाद्यवस्तु भएकाले पनि ठिक मात्रामा खान उनले आग्रह गरिन् । तर पेयपदार्थ, गुलियो पेयपदार्थ, मिठाइजन्य बस्तु नखाँदा सबैभन्दा राम्रो गर्ने उनको भनाइ छ । छोटो अवधिमा अनियन्त्रित किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरीरमा असजिलो ल्याउने मात्र नभई रोगव्याधीसमेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताइन् ।

मोटोपन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउन सक्ने, रगतमा चिनीको मात्रा बढ्नेलगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनले बताइन् । दशैंका बेला मुला, काँक्रा, कागतीको सेवन दैनिकरुपमा गर्न पनि उनको सुझाव छ ।

jackson ribon