birat ribon

सरकारले महामारीका बेला सबैलाई समान रूपमा उपचार गराउनुपर्छ : नेता नेपाल

Neuro
सरकारले महामारीका बेला सबैलाई समान रूपमा उपचार गराउनुपर्छ : नेता नेपाल

विराटनगर, ४ कात्तिक । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले महामारीका बेला सबैलाई समान रूपमा उपचार गराउनुपर्ने बताएका छन् ।

सरकारले कोरोनाको परीक्षण र उपचार संक्रमित आफैंले ब्यहोर्नुपर्ने भन्दै गरेको निर्णयको विरोधमा नेता नेपालले महामारीका बेला सबै नागरिकलाई समान रूपले उपचार गराउनुपर्ने दायित्त्वबाट सरकार बिमुख हुन नमिल्ने बताए ।

cura insider

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेका थिए ।

सोको विरोधमा मंगलबार विज्ञप्ति जारी गर्दै नेता नेपालले संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बताए ।

‘महामारीबाट आक्रान्त भइरहेको र संक्रमितको संख्या दिनानुदिन बढिरहेका बेला सरकारले सबै बिरामीको उपचार गर्न नसक्ने भन्दै आफ्नो उपचार आफैं गर्नका लागि निर्देशिका जारी गरेको कुराप्रति मेरो ध्यानाकर्षण भएको छ’, नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘सो निर्णयले सरकारी अस्पतालहरू पनि निःशुल्क उपचार बन्द गरेका कारण संक्रमित नागरिक थप मारमा परेका छन् । संकटका बेला राज्यसबै नागरिकको अभिभावकका रूपमा साथमा रहनुपर्ने बेला यस्तो निर्णय अनुचित छ । यस्तो बेला सरकारले सबै सबैलाई समान रूपमा उपचार गराउनुपर्छ ।’

jackson ribon