birat ribon

पोखरीको डिलमा तास खेल्दै गर्दा १२ जना पक्राउ

Neuro
पोखरीको डिलमा तास खेल्दै गर्दा १२ जना पक्राउ

विराटनगर, ४ कात्तिक । पोखरीको डिलमा तास खेल्दै गरेका १२ जनालाई प्रहरीले मोरङको रतुवामाई नगरपालिका–७ बाट सोमबार राति पक्राउ गरेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले उनीहरुलाई राति ११ः५० बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए ।

cura insider

पक्राउ पर्नेहरुमा रतुवामाई–७ का ३४ वर्षीय गोपाल कटुवाल, ४३ वर्षीय गणेश कार्की, ३६ वर्षीय दिनेश बस्नेत, ४५ वर्षीय नरेन्द्र रिजाल, २५ वर्षीय गणेश गौतम, ३९ वर्षीय नन्दराज फूयाँल रहेका छन् । त्यस्तै ४२ वर्षीय फणिन्द्र बुढाथोकी, ४५ वर्षीय झंकराज कोइराला, ३८ वर्षीय रामभक्त भट्टराई, ४० वर्षीय सन्तोष रिजाल, ३० वर्षीय राम कार्की र ३२ वर्षीय मनोज उप्रेती पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुको साथबाट १२ बुक तास, १४ हजार दुई सय ७० रुपैयाँ नगद, छ सय मलेसियन सिंगेट, को३२प ५१९२, को३५प ६१८६ र को२२प ९३७९ नम्बरको मोटरसाइकल बरामद भएको जानकारी एसपी खड्काले दिए । उनका अनुसार पक्राउ परेकाहरुविरुद्ध मंगलबार जुवा ऐनअन्तर्गत मुद्दा चलाउन अनुसन्धान थालिएको छ ।

jackson ribon