birat ribon

बार्सिलोनालाई हंगेरियन क्लबको चुनौती

Neuro
बार्सिलोनालाई हंगेरियन क्लबको चुनौती

विराटनगर, ४ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा आज स्पेनिस क्लब बार्सिलोनाले हंगेरीको क्लब फेरेन्सभारोसँग खेल्दैछ । समूह चरणअन्तर्गतको उक्त खेल बार्सिलोनाको मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ ।

क्याप नोउमा हुने सो खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा हुनेछन् । बार्सिलोना र फेरेन्सभारो समूह ‘जी’मा रहेका छन् ।

cura insider

बार्सिलोनाका लागि हंगेयिन क्लब नौलो क्लब हो । यसैले यस खेलमा बार्सिलोनालाई चुनौती रहेको छ ।

पछिल्लो समय बार्सिलोनाले लय समात्न सकिरहेको छैन । गत साता मात्र ऊ ला लिगामा गेटाफेसँग पराजित भएको थियो ।

तथापि, च्याम्पियन्स लिगमा राम्रो अनुभव रहेको क्लब बार्सिलोनालाई अर्जेन्टिनी स्टार लियोनल मेस्सी, अन्सु फाती, एन्टोनियो ग्रिजम्यानको साथ रहेको छ ।

सोही समूहअन्तर्गत इटालियन क्लब युभेन्टसले युक्रेनको क्लब डायनामो किभसँग खेल्दैछ । राति १०ः४० बजे डायनामोको मैदानमा हुने यस खेलमा दुवै टोली सुखद सुरुआत गर्ने दाउमा छन् ।

यस खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हुनेछैनन् । कोरोना संक्रमणका कारण युभेन्टसले रोनाल्डोलाई टोलीमा राखेको छैन ।

jackson ribon