birat ribon

जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफैं रोजिसकेछ : निश्चल बस्नेत

Neuro
जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफैं रोजिसकेछ : निश्चल बस्नेत

विराटनगर, ४ कात्तिक । महामारीको बेलामा पनि सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै अभिनेता तथा निर्देशक निश्चल बस्नेतले आक्रोश व्यक्त गरेका छन् ।

सरकारले कोरोना संक्रमित बिरामीले आफ्नै खर्चमा उपचार गर्नुपर्ने बताएपछि फेसबुकमा निश्चलले जनताको उपचार आफैं गर भन्ने गैरजिम्मेवार सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् । निश्चलले महामारीको समयमा पनि जनताको सेवक हुन नसक्ने सरकारले आफ्नो पतनको बाटो आफैं रोजिसकेको लेखेका छन् ।

cura insider

आफ्नो उपचार गर्न राज्यकोषबाट जति खर्च गरे पनि हुने, जनताको उपचार चाहिँ आफैं गर भन्न सक्ने गैरजिम्मेवार सरकारले साधारण जनतालाई मान्छे नै नगन्ने भनेर उनले आक्रोश पोखे । ‘राम्रो रोज्ने मौका त हामीले गुमायौं,’ निश्चल फेसबुकमा लेख्छन्, ‘अब ढिला नगरी कुहिएकालाई फ्यालिहाल्नु पर्ने देखियो ।’

jackson ribon