birat ribon

चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित

Neuro
चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित

विराटनगर, ४ कात्तिक । चीनले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप सुरक्षित रहेको देखिएको छ ।

ब्राजिलमा अन्तिम चरणको क्लिनिकल परीक्षणमा सिनोवाक बायोटेकको खोप ‘कोरोनाभ्याक’को प्रारम्भिक नतिजामा सुरक्षित रहेको देखिएको हो । ब्राजिलको साउ पाउलोको बुटान्टन इन्स्टिच्यूटका अनुसार ९ हजार स्वयंसेवकमा गरिएको खोपको तेस्रो परीक्षणमा खोप सुरक्षित देखिएको हो ।

cura insider

ब्राजिलमा गरिएको क्लिनिकल परीक्षणको पहिलो नतिजाले देशभरि परीक्षण गरिएको सबै खोपहरूमध्ये ‘कोरोनाभ्याक’ सबैभन्दा सुरक्षित र सबभन्दा राम्रो हुने साओ पाउलोका गभर्नर जोओओ डोरियाले बताएका हुन् । तर, बुटान्टनका निर्देशक दिमास कोभासले भने १३ हजार स्वयंसेवकहरुमा परीक्षण पूरा नभएसम्म खोप कत्तिको प्रभावकारी छ भन्ने तथ्यांक जारी नगरिने जनाएका छन् ।

कोभासले खोपका केही गम्भीर साइड इफेक्ट नभएको बताए । परीक्षणमा सहभागिता जनाएका २० प्रतिशतले इन्जेक्सनबाट हल्का दुखाइ रिपोर्ट गरेका थिए । त्यस्तै, १५ प्रतिशतले पहिलो खोपको डोज लिएपछि टाउको दुखाइ र दोस्रो लिएपछि १० प्रतिशतमा दुखाइ झरेको, ५ प्रतिशतभन्दा कममा वालवाकी र थकान तथा एकदम कममा मांसपेसीको दुखाइ रिपोर्ट गरिएको थियो ।

उनका अनुसार परीक्षण परिणाम केवल प्रारम्भिक हो र अन्वेषकको टोलीले भइरहेको खोप ट्रायलमा सहभागीलाई निगरानी राख्नेछ । साउ पाउलो राज्य स्वास्थ्य सचिव जीन गोरिन्चटेनले बताएअनुसार खोपले सुरक्षाका निम्ति एन्टीबडीको उत्पादन गर्छ । राज्यले कोरोनाभ्याकलाई सन् २०२१ को सुरुमै खोप दिन नियामक स्वीकृति प्राप्त गर्ने आशा राखेको छ ।

साउ पाउलोले फेब्रुअरीको अन्तसम्म ६ करोड डोज खरिद गर्न सिनोवाकसँग सम्झौता गरिसकेको छ ।

jackson ribon