birat ribon

त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

Neuro
त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान

काठमाडौ, ४ कात्तिक । काठमाडौंको त्रिपुरेश्वरमा ट्राफिक लाइट जडान गरिएको छ ।

रोटरी क्लब अफ त्रिपुरेश्वरको सहयोगमा ट्राफिक लाइट जडान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

cura insider

ट्राफिक लाइट जडान गरी महाशाखालाई हस्तान्तरण गर्न आयोजित कार्यक्रममा महानगरीय ट्राफिक प्रहरी प्रमुख एसएसपी भीमप्रसाद ढकालले विभिन्न संघसंस्था र स्थानीय तहसँगको समन्वयमा उपत्यकाका विभिन्न स्थानमा रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालन गरिएको बताए ।

आज (मंगलबार) सम्म काठमाडौं उपत्यकाका २६ स्थानमा ट्राफिक लाइट सञ्चालनमा आइसकेको पनि उनले बताए । उपत्यकामा ९ वर्षदेखि बिग्रिएर रहेका ट्राफिक लाइटको मर्मत गरी सञ्चालनमा ल्याउँदा ट्राफिक व्यवस्थापनमा सहज भएको पनि ढकालले बताए ।

लाइटको माध्यमबाट ट्राफिक व्यवस्थापन गर्दा कम जनशक्ति लाग्ने मात्र नभई नागरिकमा प्रविधिप्रति सम्मान गर्ने भावनाको विकास हुने पनि उनले बताए ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमा लैजाने योजनाअनुरुप विभिन्न स्थानमा बिग्रिएर रहेका लाइटहरुको मर्मत गरी प्रयोग गरिएको पनि ढकालले बताए ।

यस्तै उपत्यकामा रहेका सबै सीसी क्यामरामार्फत् निगरानी गर्ने कार्यलाई पनि प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको छ । यस्तै ट्राफिकबाट दिइने कुनै पनि सेवालाई अनलाइनमार्फत् गर्ने व्यवस्था गरिएको पनि उनले बताए ।

कुनै पनि सवारीसाधन कारवाहीमा परेमा सडकबाटै तत्काल राजश्व बुझाउन सक्ने प्रणालीको विकास गर्न लागिएको पनि ढकालले बताए ।

jackson ribon