birat ribon

ओडिशाका वकिलले कंगनालाई दिए बलात्कारको धम्की

Neuro
ओडिशाका वकिलले कंगनालाई दिए बलात्कारको धम्की

विराटनगर, ४ कात्तिक । बलिउडकी चर्चित अभिनेत्री कंगना रनावतलाई सोसल मिडियामा बलात्कारको धम्की आएको छ ।

ओडिशाका वकिल मेहन्दी रजाले कंगनाको एक पोस्टमा कमेन्ट गर्दै बलात्कारको धम्की दिएका हुन् । १७ अक्टोबरका दिन केही फोटो सार्वजनिक गर्दै कंगनाले आफू नवरात्रिमा ब्रत बसेको बताएकी छिन् । साथै आफूविरुद्धमा अर्को एफआईआर दायर भएकोसमेत जानकारी दिएकी थिइन् ।

cura insider

धेरैले कमेन्ट गरिएको यो पोस्टमा ओडिशाको झारसुगडा डिस्ट्रिक्ट एन्ड सेशन कोर्टका एड्भोकेट वकिल रजाले ‘मध्य शहरमा बलात्कार हुनु पर्ने’ भनेर कमेन्ट गरेका थिए । उनको यो कमेन्टले धेरै प्रयोगकर्ताको ध्यानाकर्षण भएको थियो ।

धेरैले उनलाई गाली गरेपछि वकिलले माफी माग्दै आफ्नो आईडी ह्याक भएको स्पष्टिकरण दिएका थिए । त्यसपछि उनले आफ्नो सामाजिक सञ्जाल छोडेको बताइएको छ ।

jackson ribon