birat ribon

डिजेल खन्याउँदै गर्दा ट्यांकरमा आगलागी

Neuro
डिजेल खन्याउँदै गर्दा ट्यांकरमा आगलागी

विराटनगर, ४ कात्तिक । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर नगरपालिका–८ मा रहेको पेट्रोल पम्पमा डिजेल खन्याउँदै गरेको ट्यांकरमा सोमबार राति आगलागी भएको छ ।

एभरेष्ट आयल सप्लायर्समा इन्धन खन्याउँदै गर्दा राति ८ बजेतिर भएको आगलागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकरमा पूर्ण रुपमा क्षति पुगेको छ । त्यस क्रममा आगोले पोलेर मेसिन अपरेटर नारायण खनाल सामान्य घाइते भएका छन् ।

cura insider

ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा घटना भएको प्रहरीले जनाएको छ । घटनामा ३० हजार लिटर डिजल नष्ट भएको छ ।

सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगो नियन्त्रणमा लिएका थिए । समयमै आगो नियन्त्रणमा लिन सकिएका कारण पेट्रोल पम्प तथा नजिकका घरहरु क्षति हुनबाट जोगाएका छन् ।

jackson ribon