birat ribon

जिमेनेजको गोलमा लीड्समाथि वुल्भसको जित

Neuro
जिमेनेजको गोलमा लीड्समाथि वुल्भसको जित

विराटनगर, ४ कात्तिक । इंग्लिस प्रिमियर लिगमा वुल्भसले लीड्स युनाइटेडमाथि जित निकालेको छ । सोमबार राति भएको खेलमा वुल्भसले लीड्सलाई १–० गोलले हराएको हो ।

लीड्सको मैदानमा भएको खेलमा वुल्भसलाई जिताउन राउल जिमेनेजले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७०औं मिनेटमा जिमेनेजले गोल गर्दै वुल्भसलाई जिताए ।

cura insider

जितसँगै वुल्भस छैटौं स्थानमा उक्लियो । उसले ५ खेलबाट ९ अंक जोडेको छ । पराजित लीड्स भने ७ अंकका साथ दसौं स्थानमा छ ।

jackson ribon