birat ribon

तलब माग्दै निजी विद्यालयका शिक्षक श्रम कार्यालयमा

Neuro
तलब माग्दै निजी विद्यालयका शिक्षक श्रम कार्यालयमा

विराटनगर, ४ कात्तिक । विद्यालय सञ्चालन नभएको कारण देखाउँदै निजी लगानी सञ्चालित संस्थागत विद्यालयले तलब सुविधा नदिएकोभन्दै शिक्षकहरुले श्रम कार्यालय विराटनगरमा उजुरी दिएका छन् ।

संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले श्रम कार्यालयमा उजुरी दिएको हो । शिक्षकहरुले विभिन्न बहानामा विद्यालयले शिक्षकलाई निस्कासन गरेको, तलब सुविधाबाट बञ्चित गरेको, इन्टरनेट जडान गरेर अनलाइन कक्षा चलाउँदा पनि तलब नदिएको भन्दै उनीहरुले सरकार र प्याब्सनको ध्यानआकर्षण गराउँदै आएका थिए ।

cura insider

उनीहरुले संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन मोरङको मुल ढोकामा तालबन्दी पनि गरेका छन् । समस्याका विषयका सरकारले वास्ता नगरेको र प्याब्सनने समेत अपमानित गर्ने गरेकोभन्दै उनीहरूको प्याब्सन कार्यालयमा गरेका हुन् ।

प्याब्सनसँगको पटक पटकको छलफलमा चाडबाडको मुखमा तलब सुविधाबारे सम्बोधन गर्ने कुरा भएको थियो इष्टु मोरङका अध्यक्ष मनोज खनालले भने, ’तर हामीमाथि तुच्छ व्यवहार गर्दै खाली हात नपठाउनु भनेर प्याब्सन आफ्ना सदस्य विद्यालयहरूलाई परिपत्र गरेको रहेछ प्याब्सन केन्द्रीय अध्यक्ष भएको जिल्लामै अपमानित गरियो । खनालले विद्यालय संचालकहरूले खाली हात नपठाउने भनेर दुई चार हजार रुपैयाँ दिएर विदाई गर्ने योजना बनाएको दाबी गरे ।

शिक्षकहरूले अहिलेमम्म पनि विद्यालय संचालकाहरूसँग सहकार्यप्रति विश्वास गर्दै आएकोमा पछिल्लो परिपत्र आफूहरूमाथि धोका दिएको महसुस भएको उनले बताए । उनले आफना समस्याबारे सरकारलाई समेत जानकारी गराइसकेको र माग सम्बोधन गर्ने पहिलो निकाय आफूहरू कार्यरत विद्यालय नै भएकोले विद्यालय केन्द्रित आन्दोलन सुरू गर्ने जानकारी दिए ।

श्रम ऐन कार्यान्वयन गर्न र ऐन अनुसार तलब सुविधाको माग गदै आफूहरूले आइतवार श्रम कार्यालय मोरङ मा उजुरी दर्ता गराइसकेको पनि खनालले बताए । आजको उद्घोष दैनिकमा समाचार छ

jackson ribon