birat ribon

आजबाट च्याम्पियन्स लिग सुरु : पीएसजी र युनाइटेड भिड्दै, युभेन्टस पनि प्रतिस्पर्धामा

Neuro
आजबाट च्याम्पियन्स लिग सुरु : पीएसजी र युनाइटेड भिड्दै, युभेन्टस पनि प्रतिस्पर्धामा

विराटनगर, ४ कात्तिक । युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिग आजबाट सुरु हुँदैछ । नयाँ सिजन २०२०-२१ को सिजन आजबाट सुरु हुन लागेको हो ।

आज समूह चरणका आठ खेल हुँदैछन् । आज फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको भिडन्त हुँदैछ भने इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब बार्सिलोना पनि प्रतिस्पर्धामा छ ।

cura insider

पीएसजी र युनाइटेडबीचको खेल राति १२ः४५ बजे पीएसजीको मैदानमा हुँदैछ । यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यमा छन् । पीएसजी र युनाइटेड समूह ‘एच’मा रहेका छन् ।

सोही समूहका आरबी लेइपजिग र इस्तानबुल बसाख्शेर पनि प्रतिस्पर्धामा छन् । राति १२ः४५ बजे नै हुने यो खेल लेइपजिगको मैदानमा हुनेछ ।

यसैगरी आजको अर्को खेलमा समूह ‘जी’का इटालियन च्याम्पियन युभेन्टस र युक्रेनको क्लब डायनामो किभले खेल्दैछन् । राति १०ः४० बजे डायनामोको मैदानमा हुने यस खेलमा दुवै टोली सुखद सुरुआत गर्ने दाउमा छन् ।

यस खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो हुनेछैनन् । कोरोना संक्रमणका कारण युभेन्टसले रोनाल्डोलाई टोलीमा राखेको छैन ।

सोही समूहका बार्सिलोना र हंगेरियन क्लब फेरेन्सभाराेस पनि प्रतिस्पर्धामा छन् । राति १२ः४५ बजे नै हुने उक्त खेल बार्सिलोनाको मैदान क्याप नाेउमा हुनेछ ।

यस्तै इंग्लिस क्लब चेल्सी र स्पेनिस क्लब सेभिल्ला पनि आज प्रतिस्पर्धामा छन् । राति १२ः४५ बजे यो खेल चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा हुनेछ । समूह ‘ई’मा रहेका यी दुई टोली सुखद सुरुआत गर्ने लक्ष्यमा छन् ।

सोही समूहका रेन्नेस र क्रान्सोडर पनि आज प्रतिस्पर्धामा छन् । रेन्नेसको मैदानमा हुने यो खेल राति १२ः४५ बजे हुनेछ ।

यसैगरी जर्मन क्लब बोरुसिया डर्टमुण्ड र इटालियन क्लब लाजियोले पनि राति १२ः४५ बजे हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् । लाजियोको मैदानमा हुने यो खेलमा भिड्न लागेका यी दुई क्लब समूह ‘एफ’का हुन् ।

सोही समूहका जेनित र क्लब ब्रुगले राति १०ः४० बजे हुने खेलमा प्रतिस्पर्धा गर्दैछन् । यो खेल जेनितको मैदानमा हुनेछ ।

jackson ribon