birat ribon

चेन्नईलाई राजस्थानले सहजै हरायो

Neuro
चेन्नईलाई राजस्थानले सहजै हरायो

विराटनगर, ४ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल)मा साविक उपविजेता चेन्नई सुपर किंग्स पराजित भएको छ । सोमबार राति भएको खेलमा चेन्नई राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भएको हो ।

सोमबार राति शेख जायद रंगशालामा चेन्नईले जितका लागि दिएको १२६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १७.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो ।

cura insider

राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान स्टिभ स्मिथले अजिवित २६ रन जोडदा बेन स्टोक्सले १९ रन बनाए ।

चेन्नईका दीपक चाहरले २ विकेट लिँदा जोस हाजलउडले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो ।

चेन्नईका रवीन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोडे । साम करनले २२ रन बनाउँदा अम्बाती रायडुले १३ रन जोडे । फाप डु प्लेसिसले १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ राजस्थानका जोफ्रा अर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले समान १–१ विकेट झारे ।

पराजयसँगै चेन्नईले १० खेलबाट ६ अंक जोडेको छ । ऊ अंक तालिकाको पुछारमा छ । राजस्थान भने समान खेलबाट ८ अंक बटुल्दै पाँचौं स्थानमा छ ।

jackson ribon