birat ribon

सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन : नेकपा प्रवक्ता श्रेष्ठ

Neuro
सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन : नेकपा प्रवक्ता श्रेष्ठ

काठमाडौं, ३ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले सरकार कोरोना संक्रमितको परीक्षण र उपचारबाट पन्छिन नमिल्ने बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले सरकारको पछिल्लो निर्णय पुनरावलोक गर्नुुपर्ने बताए ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेका थिए ।

cura insider

सो निर्णयप्रति चौतर्फी आलोचना भएको छ । यस्तैमा नेकपा प्रवक्ता श्रेष्ठले सरकारको निर्णयप्रति संकेत गर्दै कोरोना नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी मूलतः सरकारको भएको उल्लेख गरे ।

‘कोभिड–१९ ले उत्पन्न गरेको चौतर्फी संकट गहिरिँदै गएको छ । यसको नियन्त्रण तथा व्यवस्थापनको जिम्मेवारी हामी सबैको हो र, मूलतः सरकारको हो’, उनले लेखेका छन्, ‘यो महामारी र विश्वव्यापी परिघटना भएकाले हामीले मात्र चाहेर तुरुन्त समाधान गर्न सकिने स्थिति हुँदैन भन्ने कुरा पनि स्पष्टै छ । तर हामी कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छन मिल्दैन । तसर्थ सरकारले आफ्नो दायित्व र सम्बन्धित ऐनलाई ध्यान दिँदै अहिलेसम्मका नीति, योजना र निर्णयहरूलाई पुनरावलोकन गरी थप प्रभावकारी बनाउन तत्काल कदम चाल्नुपर्ने आवश्यकता छ ।’

‘सबै राजनीतिक पार्टीहरू र समाजका सबै पक्षले यसमा सहयोग गर्नु पर्दछ । सरकारले यथाशीघ्र प्रतिपक्षी पार्टीलगायतका राजनीतिक पार्टीहरू र विज्ञहरूको बैठक बोलाई परामर्श गर्नु उचित हुनेछ’, उनले लेखेका छन् ।

jackson ribon