birat ribon

चेन्नईद्वारा राजस्थानलाई सामान्य लक्ष्य

Neuro
चेन्नईद्वारा राजस्थानलाई सामान्य लक्ष्य

विराटनगर, ३ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रियिमर लिग (आईपीएल)मा साविक उपविजेता चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससामु जितका लागि १२६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

सोमबार शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १२५ रन बनाएको हो ।

cura insider

चेन्नईका रवीन्द्र जडेजाले सर्वाधिक ३५ रन बनाउँदा कप्तान महेन्द्र सिंह धोनीले २८ रन जोडे । साम करनले २२ रन बनाउँदा अम्बाती रायडुले १३ रन जोडे । फाप डु प्लेसिसले १० रन जाेड्दा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङतर्फ राजस्थानका जोफ्रा अर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले समान १–१ विकेट झारे ।

jackson ribon