birat ribon

प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गए : मन्त्री घिमिरे

Neuro
प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गए : मन्त्री घिमिरे

विराटनगर, ३ कात्तिक । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरू हराउँदै गएको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्वारा सोमबार आयोजित नेपाली भाषाः चुनौति र समाधान विषयक अनलाइन कार्यक्रममा मन्त्री घिमिरेले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गरे ।

प्रविधि र विश्वव्यापीकरणका कारण भाषिक चुनौती थपिएको बताउँदै उनले कतिपय शब्दलाई स्वीकारर्नु पर्ने अवस्थासमेत रहेको बताए । अंग्रेजीबाट सिकेको कुरा मात्र सही हुन्छ भन्ने मान्यतालाई बदल्नुपर्ने बताउँदै उनले सिकाई कुनैपनि भाषा र माध्यमबाट हुनसक्ने बताए ।

cura insider

मन्त्री घिमिरेले भने, ‘अंग्रजी नै सबै कुरा होइन । सिकाइका कुनैपनि माध्यमहरू हुन सक्छन् भन्ने बोध समाजलाई गराउनुपर्ने अवस्था आएको छ । नेपाली भाषाबाट काम गर्न सक्ने क्षेत्रहरूको पहिचान गरेर सच्याउन ध्यान दिनुपर्छ ।’

jackson ribon