birat ribon

अब सवारी साधन र आन्तरिक हवाई उडानमा सिटअनुसारको यात्रु राख्न पाइने

Neuro
अब सवारी साधन र आन्तरिक हवाई उडानमा सिटअनुसारको यात्रु राख्न पाइने

काठमाडाैं, ३ कात्तिक । अब छोटो, मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन र आन्तरिक हवाई उडानमा सिटअनुसारको यात्रु क्षमता राख्न पाइने भएकाे छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविध मन्त्री पार्वत गुरुङले सोमबार मन्त्रालयमा मन्त्रिपरिषदको असोज २६ र २९ गतेका निर्णयहरू सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।

उनले सवारी साधन र आन्तरिक हवाई उडानमा सिटअनुसारको यात्रु राख्न पाइने र चैत ११ गते अगाडिकै भाडादर कायम हुने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको बताए ।

cura insider

यस्तै मन्त्रिपरिषदको बैठकले २ सय भन्दा बढी सक्रिय संक्रमितको संख्या भएका जिल्लामा अन्य जिल्लाबाट प्रवेश गर्न र सवारीसधानको आवतजावतलाई नियमन र व्यवस्थापन तथा नियन्त्रण गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

यसबाहेक ५ सय भन्दा बढी सक्रिय संक्रमित भएको जिल्लामा वा जिल्ला भित्रको कुनै भागमा कुनै सेवा वा कार्यमा रोक लगाउने अधिकार पनि प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।

यसैगरी मन्त्रिपरिषदको २६ गते सोमबार बसेको बैठकले अन्तर्राष्ट्रिय खुला सीमानामा हुने आवागमन कात्तिक ३० गते आइतबार मध्य रातसम्मका लागि स्थगित गर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिने निर्णय गरेको पनि मन्त्री गुरुङले बताए ।

तर १३ वटा प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्न र मालसामानको ढुवानी व्यवस्थालाई यथावत कायम गर्ने निर्णय भएको पनि उनले बताए । यो व्यवस्थाविपरीत आवतजावत गरेमा कानुनअनुसार कारबाही हुने पनि मन्त्री गुरुङले बताए ।

यस्तै संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरिएको आदेशको पूर्ण पालना गर्नसमेत मन्त्रिपरिषद् बैठकले अपील गरेको उनले बताए ।

jackson ribon