birat ribon

प्रधानमन्त्री र मन्त्रीहरूले दसैंभत्ता उपचार कोषमा दिए

Neuro
प्रधानमन्त्री र मन्त्रीहरूले दसैंभत्ता उपचार कोषमा दिए

काठमाडौं, ३ कात्तिक । प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो दसैंभत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।

२९ असोजमा बसेको मन्त्रिपरिषद्को निर्णय सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रीहरूको दसैंभत्ता कोरोना कोषमा उपलब्ध गराउने निर्णय जनाए ।

cura insider

उनले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि दसैं भत्ता कोरोना कोषमा जम्मा गर्न आग्रह गरे ।

उनले भने, ‘प्रधानमन्त्री र मन्त्रीहरूले प्राप्त गरेको यस वर्षको दसैं खर्चवापतको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा उपलब्ध गराई यस रोगको रोकथाम र नियन्त्रणमा सहयोग पुर्‍याउने निर्णय भएको छ ।’

jackson ribon