birat ribon

नाष्टले कोरोना नियन्त्रणका लागि बनायो यान्त्रिका रोबोट

Neuro
नाष्टले कोरोना नियन्त्रणका लागि बनायो यान्त्रिका रोबोट

काठमाडाैं, ३ कात्तिक । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट)ले कोरोना संक्रमणको स्थितिलाई मध्यनजर गर्दै रोबोट निर्माण गरेको छ ।

नाष्टले सोमबार एक कार्यक्रम गरी उक्त रोबोट सार्वजनिक गरेको छ । ‘यान्त्रिका कोरोना कम्प्याक’ नाम दिइएको उक्त रोबोटले कार्यालयमा पस्दा वा निस्कँदा हात जोडेर अभिवादन गर्ने, माक्स लगाएको नलगाएको छुट्याउने र नलगाएकोलाई मास्क दिने, सेनिटाइर दिनेलगायतको काम गर्नेछ ।

cura insider

यो रोबोट कुनैपनि कार्यालयका लागि अन्त्यन्तै उपयुक्त हुने पनि नाष्टले बताएको छ ।

नाष्टका इन्जिनियर रोशन पाण्डेका अनुसार रोबोटले मानिसको शरीरको तापक्रम नाप्ने, सेनिटाइजर दिने, मास्क नलगाएको खण्डमा मास्क दिने काम गर्नेछ । यो रोबोटलाई नास्ट कै प्रवेशद्वारमा राखिने पनि पाण्डेले बताए ।

कोरोनाको प्रभावलाई कार्यालयमा पस्दा तथा निस्कदा प्रभावकारी रूपले नियन्त्रण गर्न सक्ने उद्देश्यले रोबोट निर्माण गरिएको पनि पाण्डेले बताए ।

त्यस्तै रोबोटले समेत मास्क दिने, कोभिडको बारेमा सूचना दिने गर्दा यसले जनचेतनामूलक सन्देश दिनेसमेत उनले बताए ।

jackson ribon