birat ribon

अब सार्वजनिक सवारी साधनमा चढ्ने सबैले मास्कसँगै ‘फेस सिल्ड’ पनि लगाउनुपर्ने

Neuro
अब सार्वजनिक सवारी साधनमा चढ्ने सबैले मास्कसँगै ‘फेस सिल्ड’ पनि लगाउनुपर्ने

काठमाडौं, ३ कात्तिक । अब सार्वजनिक सवारी साधनमा चढ्ने सबैले भाइजर(फेस सिल) को प्रयोग अनिवार्य गर्नुपर्ने भएकाे छ । यातायात व्यवस्था विभागले सवारी साधनमा चढ्ने चालक, सहचालक र यात्रुलाई मास्कसँगै भाइजर(फेस सिल्ड) को प्रयोग अनिवार्य गरेको हो ।

विभागले सोमबार सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि छोटो, मध्यम र लामो गरी सबै दूरीका सवारी साधनमा यस्तो व्यवस्था गरिएको जनाएको छ ।

cura insider

सार्वजनिक सवारी साधनमा यात्रा गर्दा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट जारी भएको स्वास्थ्य सुरक्षासम्बन्धी निर्देशिका तथा मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने सूचनामा उल्लेख छ ।

सरकारले यसअघि नै चालक सहचालकले सवारीसाधनमा मास्क, पञ्जाको प्रयोग अनिवार्यरुपमा गर्ने व्यवस्था गरेको थियो ।

सरकारले सवारीसाधनको ढोकामा र भित्र स्यानिटाइजर राख्नुपर्ने व्यवस्था गरेको छ ।

अहिले स्वास्थ्य सावधानी अपनाएर सवारीसाधन सञ्चालन गर्नुको विकल्प छैन ।

jackson ribon