birat ribon

प्रदेशमा ३३२ संक्रमित थपिए, ४६५ संक्रमणमुक्त, सात जनाको मृत्यु

Neuro
प्रदेशमा ३३२ संक्रमित थपिए, ४६५ संक्रमणमुक्त, सात जनाको मृत्यु

विराटनगर, ३ कात्तिक । प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा मोरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिर ठेगाना भएका ५ जना संक्रमित थपिएका हुन् ।

सोमबार ४६५ जना संक्रमणमुक्त भएका छन् । सात जनाको मृत्यु भएको छ ।

cura insider

प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् ।

विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैंचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बूढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २–२, बर्जु र स्थानीय तह नखुलेका १ मा संक्रमण देखिएको छ ।

झापाको मेचीनगरमा १०, बिर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ ।

४६५ जना डिस्चार्ज

प्रदेश १ मा आज ४६५ जना डिस्चार्ज भएका छन् । होम आइसोलेशनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।

सातजनाको मृत्यु

पछिल्लो २४ घण्टामा सातजनाको मृत्यु भएको छ । विराटनगरमा चार र धरानमा तीनजनाको मृत्यु भएको हो । विराटनगरको नोबेल मेडिकल कलेजमा २, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र न्यूरो अस्पताल कोभिड १९ उपचार केन्द्रमा एक–एक जनाको मृत्यु भएको हो ।

त्यस्तै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना र धरानका दुई जना संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको हो ।

योसँगै मृत्यु हुनेको संख्या १३८ पुगेको छ । तर प्रदेश १ सरकारको तथ्यांकमा सोमबार पाँच जनाको मृत्यु भएको बताएको छ । प्रदेश सरकारको तथ्यांकअनुसार मृतकको संख्या १३६ पुगेको छ ।

jackson ribon