birat ribon

लद्दाखमा भारतीय सेनाको कब्जामा एक चिनियाँ सैनिक

Neuro
लद्दाखमा भारतीय सेनाको कब्जामा एक चिनियाँ सैनिक

विराटनगर, ३ कात्तिक । लद्दाखस्थित भारत–चीन सीमानजिकैबाट एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ ।

आइतबार राति सीमा पार गरेर भारतीय भूमिमा आएकाले उनी पक्राउ परेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
पक्राउ परेका उनलाई सोधपुछ गरिएको थियो, जसमा उनले आफू चिनियाँ सैनिक भएको बताएका थिए ।

cura insider

खबरका अनुसार उनीसँग केही सैन्य कागजात भेटिए पनि हतियार भने पाइएको छैन । उनले आफ्नो हराएको याकको खोजीमा थाहा नपाइ भारतीय भूमिमा आइपुगेको बताएका छन् ।

एएनआईका अनुसार उनलाई हाल विद्यमान प्रोटोकल पूरा गरी चीन फर्काइनेछ ।

jackson ribon