birat ribon

जाडो र चाडपर्वका कारण भारतमा २६ लाख संक्रमित थपिन सक्ने

Neuro
जाडो र चाडपर्वका कारण भारतमा २६ लाख संक्रमित थपिन सक्ने

विराटनगर, ३ कात्तिक । जाडो मौसम र आउँदै गरेको चाडपर्वका कारण भारतमा कोरोना भाइरसको संक्रमणमा तीव्र हुने चेतावनी दिइएको छ ।

भारतको वैज्ञानिक प्यानलले कोरोनाको प्रसार नियन्त्रणमा लागि जारी गरिएका नियम थप कडा रूपमा पालना नगरे जाडो मौसम र चाडपर्वका कारण एक महिनामा २६ लाख संक्रमित थपिने चेतावनी दिएको हो ।

cura insider

भारत सरकारले नियुक्त गरेको कोभिड १९ इण्डिया नेशनल सुपर मोडल कमिटीले आइतबार कोरोना संक्रमण ‘पिक’ (उच्च तह) मा पुगिसकेको बताएको छ ।

र, यदि सम्पूर्ण सुरक्षाका उपाय अपनाइएमा आगामी वर्षको सुरुवातमा संक्रमणलाई नियन्त्रण गर्न सकिने अनुमान गरेको छ ।

कमिटीले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सम्पूर्ण सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्ने कुरामा जोड दिएका छन् ।  

सम्पूर्ण मापदण्ड पालना गरिए आगामी वर्षको फेब्रअरीसम्म कोरोना भाइरसको संक्रमण विस्तारै कम हुँदै जान सक्ने प्यानलले जनाएको हो ।

भारतमा कोरोना महामारी नियन्त्रणमा आउनजेलसम्म कुल कोरोना संक्रमितको संख्या एक करोड ६ लाखसम्म पुग्‍न सक्ने अनुमान गरिएको छ ।

तर, हालको गति समात्दै गएमा भारतले अबको महिनाको सुरूमा अमेरिकाको संक्रमितको संख्यालाई जित्न सक्छ ।

हाल भारत कोरोना संक्रमितको संख्या ७५ लाखभन्दा बढी रहेको छ भने एक लाख १४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

jackson ribon