birat ribon

‘छ माया छपक्कै’ को पनि सिक्वेल बन्ने, दीपक मुख्य भूमिकामा

Neuro
‘छ माया छपक्कै’ को पनि सिक्वेल बन्ने, दीपक मुख्य भूमिकामा

विराटनगर, ३ कात्तिक । फिल्म ‘छ माया छपक्कै’ को पनि सिक्वेल निर्माण हुने भएको छ ।

फिल्ममा निर्माता रोहित अधिकारीले दर्शकले ‘छ माया छपक्कै’ को सिक्वेल माग गरेका कारण सिक्वेल निर्माणको तयारीमा जुटेको जानकारी गराएका हुन् ।

cura insider

फिल्ममा कमेडीसँगै गम्भीर विषय उठाइने फिल्मलाई यसपटक पनि दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन् । हाल दीपेन्द्र फिल्मको सिक्वेलको स्क्रिप्टमा काम गरिरहेका छन् ।

फिल्मको निर्माण केही समयपछि हुने भए पनि स्क्रिप्टमा काम सुरु भएको अधिकारीले बताए ।

कोभिड १९ को महामारी सामान्य भएपछि दीपकराज र दीपाश्री निरौलाको टिम ‘छक्का पञ्जा ४’ निर्माण गर्दैछ ।

त्यस्तै, निर्माता अधिकारी पनि निर्देशक दिनेश राउतसँग मिलेर नयाँ फिल्म बनाउने तयारीमा छन् । यो फिल्ममा अभिनेता अनमोल केसी रहने चर्चा छ ।

दुवै टिमले निर्माण गर्ने फिल्मको छायांकन पूरा भएपछि ‘छ माया छपक्कै २’ को निर्माण हुने बताइएको छ ।

फिल्मको सिक्वेलमा अभिनेता दीपकराज गिरी मुख्य भूमिकामा रहेको जानकारी गराउँदै फिल्मका अन्य कलाकार भने परिवर्तन हुनसक्ने बताएका छन् ।

jackson ribon