birat ribon

स्वास्थ्य मन्त्रालयले भन्यो : सक्नेले कोरोनाको उपचार आफैं गरौं भनेको हो

Neuro
स्वास्थ्य मन्त्रालयले भन्यो : सक्नेले कोरोनाको उपचार आफैं गरौं भनेको हो

काठमाडौं, ३ कात्तिक । स्वास्थ्य मन्त्रालयले कोरोनाको परीक्षण र उपचार सक्नेले आफैं गर्ने र नसक्ने गरिब असहायको उपचार सरकारले गर्ने बताएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेका थिए ।

cura insider

तर, सोमबार भने मन्त्रालयले संक्रमितको सम्पूर्ण उपचार खर्च सक्नेले तिर्ने र गरीब असहायले तिर्नु नपर्ने बताएको हो । मन्त्रालयका प्रवक्ता गौतमले आजको ब्रिफिङका सरकारले तिर्न नसक्नेलेलाई सघाउ पुर्‍याउने उद्देश्यले तिर्न सक्नेले जाँच खर्च तिरेर सघाउ पुर्‍याइदिन आफ्नो उपचार आफैँ गरौं भनेको प्रष्ट्याए ।

उनले राज्यले सक्नेबाट लिने र नसक्नेलाई दिने रणनीति अख्तियार गरेकोसमेत बताए ।

‘जसले परीक्षण र उपचार आफैंले गर्न सक्छ, त्यस्ता व्यक्तिहरूले आफ्नो उपचार वा जाँचको खर्चमा सघाइदिनु भयो भने हामी जस्तो सीमित साधन र स्रोत भएको देशमा सरकारले आर्थिक रूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिक, एकल महिला, अति अपांगता भएका नागरिक, जेष्ठ नागरिक र अग्रपंक्तिमा खटिने नागरिकलाई उपचारमा सहयोग हुनेछ,’ उनले भने ।

jackson ribon