birat ribon

कांग्रेसको प्रश्न : महामारीमा नगर्ने भए उपचार, किन चाहियो सरकार ?

Neuro
कांग्रेसको प्रश्न : महामारीमा नगर्ने भए उपचार, किन चाहियो सरकार ?

विराटनगर, ३ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकले कोरोना भाइरसको परीक्षण र उपचार खर्च आफैं ब्यहोर्नुपर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई माग गरेको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै कांग्रेसले महामारीमा उपचार नगर्ने भए सरकार किन चाहियो भन्दै प्रश्नसमेत गरेको छ ।

cura insider

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको पछिल्लो निर्णय सार्वजनिक गरेका थिए ।

प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई ओलीलाई संवेदनशील बन्न र निर्णय सच्याउन आग्रह गरेका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘महामारीमा उपचार नगर्ने भए सरकार किन चाहियो ? प्रधानमन्त्रीज्यू, संवेदनशील बन्नोस्, निर्णय सच्याउनोस् !’

jackson ribon