birat ribon

साझा पार्टीले भन्यो : ‘पैसा भए बाँच, नभए मर’ भन्नु सरकारको क्रुरता हो

Neuro
साझा पार्टीले भन्यो : ‘पैसा भए बाँच, नभए मर’ भन्नु सरकारको क्रुरता हो

काठमाडौं, ३ कात्तिक । साझा पार्टीले सरकारले कोरोना भाइरसको परीक्षण र उपचार बन्द गरेपछि चर्को विरोध गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै साझा पार्टीले पैसा भए बाँच नभए मर भन्नु नागरिकप्रति सरकारको क्रुरता भएको जनाएको छ ।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले कोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफैं व्यहोर्नुपर्ने सरकारको पछिल्लो निर्णयसार्वजनिक गरेका थिए ।

cura insider

विज्ञप्तिमा भनिएको छ, ‘महाव्याधिका बेला जनतालाई, अप्रत्यक्ष रूपमा, पैसा भए बाँच नभए मर भन्नु सरकारको क्रुरता हो । सरकारको पछिल्लो निर्णयको साझा पार्टी गम्भीर भर्त्सना गर्दछ । हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा राज्यबाट निःशुल्क पाउने संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेशसमेत विरुद्धको यस्तो निर्णय तत्काल सच्याउन साझा पार्टी सरकारलाई आह्वान गर्दछ ।’

‘वर्षौँदेखि नेपाल तथा विदेशमा गरिएको आफ्नो उपचारमा राज्यकोषबाट पटक–पटक करोडौँ खर्च गरेका प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकार महाव्याधिका बेला नागरिकको उपचार खर्च राज्यले धान्न सक्दैन भन्नेजस्तो असंवेदनशील र गैह्रजिम्मेवारपूर्ण तर्क गरेर आफ्नो संवैधानिक दायित्वबाट कसरी भाग्न सक्छ ?’, विज्ञप्तिमा भनिएको छ ।

प्रेस विज्ञप्ति: जनतालाई पैसा भए बाँच, नभए मर भन्नु क्रूरता होकोरोना भाइरस संक्रमित नागरिकले उपचार खर्च आफै ब्यहाेर्नु…

Posted by Sajha Party on Monday, October 19, 2020

jackson ribon