Rumpum Advertisement
Dazzu

पीसीआर परीक्षणको रिपोर्ट गलत आउनुका कारण

पीसीआर परीक्षणको रिपोर्ट गलत आउनुका कारण

विराटनगर, ३ कात्तिक । कोभिड परीक्षणका लागि हाल आरटी पीसीआर परीक्षण गरिँदै आएको छ ।

कुनै पनि उपकरणजत्तिकै, पीसीआर परीक्षणको नतिजा पनि गडबडी आउन सक्छ । जसले गर्दा परीक्षणको नतिजामा फल्स नेगेटिभ (संक्रमण भए पनि रिपोर्ट नेगेटिभ) र फल्स पोजिटिभ (संक्रमण नभए पनि रिपोर्ट पोजिटिभ) आउन सक्छ । परीक्षणले गलत परिणाम दिने सम्भावना निकै कम भए पनि धेरै कारणले रिपोर्ट गलत आउन सक्ने हुन्छन् ।

भाइरसको सम्पर्कमा आएको २ देखि ४ दिनपछि लक्षण विकसित हुन थाल्छ । र कहिलेकाहीँ लक्षण देखिनका लागि दुई हप्तासम्म लाग्न सक्छ । त्यसैले, एक व्यक्तिले धेरै चाँडै नै परीक्षण गरेका कारण संक्रमण हुन सक्छ भन्ने तथ्य हुँदाहुँदै पनि यो परीक्षणमा फल्स नेगेटिभ रिपोर्ट आउने सम्भावना रहन सक्छ । तसर्थ, सम्पर्कमा आएको पहिलो हप्तामा परीक्षणको लागि जान सल्लाह दिइन्छ ।

आरटी पीसीआर परीक्षणका लागि नाक र घाँटीबाट स्वाबको नमूना संकलन गरिन्छ । भाइरल लोड फेला परेको खण्डमा परीक्षणको नजिता पोजिटिभ आउँछ । स्वाव नमूना राम्रोसँग नलिँदा पर्याप्त म्यूकोसल स्राव नटिपेको खण्डमा, वा पूर्णरूपमा भाइरल लोड पत्ता लगाउन भाइरल लोड निर्माण नभएमा पनि संक्रमण भए पनि रिपोर्ट नेगेटिभ आउन सक्छ ।

कोभिड नयाँ संक्रमण भएको हुँदा परीक्षण प्रक्रिया ह्यान्डल गर्नका लागि पर्याप्त समय र प्रयासको आवश्यक पर्छ । परीक्षणको परिणाम बाहिर आउन २४ देखि ४८ घण्टासम्म लिन्छ । यदि परीक्षण नमूना दूषित भएमा, सही तापमानमा भण्डारण नगरेमा वा आरएनए पत्ता लगाउन प्रयोग गरिएको रसायनले ठीकसँग काम नगर्दा भने, यसले फल्स नेगेटिभ नतिजा दिन सक्छ ।

लक्षण देखिएर पनि परीक्षणको नतिजा नेगेटिभ आए जोखिमबाट अरूलाई जोगाउन क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्ने हुन्छ । केही निश्चित दिनहरू (न्यूनतम ४ देखि ५ दिन) को लागि आइसोलेसन बसी मास्क लगाउने, सामाजिक दूरी कायम राख्ने गर्नु पर्छ । साथै, डाक्टरको सम्पर्कमा रहेमा संक्रमणविरूद्ध लड्न आवश्यक रोकथाम उपायको प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

  1. म एउटा कोभिड सक्रमण ब्यक्ती । मलाइ सेम्टेम्बर 11 2020मा हल्का लक्ष्यण देखा परेर PCR टेस्ट गर्दा पोजेटिभ देखियो आज 20 oct 2020 सम्म 1 महिना 9 दिन भयो । हाल यो समय भित्र कुनै पनि कोभिड सम्बन्धी लक्ष्यण देखिएको छैन तर मैले भद्र 25 म पहिलो पल्ट । असोज 11 मा दोस्रो पल्ट र असोज 27मा तेस्रो पल्ट स्वाब टेस्ट गराए तर मेरो रिपोट तिनै पटक पोजिटिभ आयो । मलाइ कुनै समस्य पनि छैन र म हाल सम्म होम आइसोलेशन मा नै बसि रहेको छु । येस्को मेन कारण के होला र म बाट अरु ब्यक्तिहरमा सर्छ या के हुन्छ। अब मेरो नेगेटिभ रिपोर्ट आउन लाई के गर्नु पर्ने हुन्छ हजुर सल्लाह पाउ ।9841589520 सुक राम महतो धादिङ

    1. Sardaina tapae ko bata…positive aaounu ko karan chai dead virus rahirahnxa…niko vayera pani Tara yesle kehi farak pardaina

  2. Ma saga samparkama aayaka manxeko korona positive aayako xa tara malai kunai laxanharu dekhiyako xaina 17din vaisakeko xa aaba ma gau jana lageko xu gauma aama baba lai yo mero sathilai korona lageko kura vaneko xaina texaile aaudina vanna pani sakeko xaina aaba ma g garam 9847723691 pokhara 3 nadipur

  3. Hello mero Pani 2077/06/23 ma PCR Garda report positive aako xa ani KHI laxyard Pani xai na k corana nai lage ko ho ta ki k Karan le asto hunxa jankari Pau na plz

Comments are closed.