Rumpum Advertisement
Dazzu

विराटनगरमा अनलाइन फार्मेसी ‘नेपमेड्स’ सञ्चालनमा आउँदै

विराटनगरमा अनलाइन फार्मेसी ‘नेपमेड्स’ सञ्चालनमा आउँदै

विराटनगर, ३ कात्तिक । विराटनगरमा अनलाइन औषधि डेलिभरी गर्ने ‘नेपमेड्स’ फार्मेसी सञ्चालनमा आउने भएको छ । काठमाडौं र चितवनपछि प्रदेश १ को राजधानी विराटनगरमा नेपमेड्स सञ्चालनमा आउने भएको हो ।

विराट मेड्स र आरा ग्रुपको साझेदारीमा बिराटनगर–९ स्थित ग्रीनक्रस असपतालसँगै शोरुमसहित सञ्चालनमा ल्याइएने सञ्चालक सौरभ अधिकारीले बताए । ५ कात्तिकबाट अनलाइन डेलिभरी सुरु गरिने उनले बताए ।

नेपमेड्सले डाक्टरको प्रेस्किप्सनलाई फोटो खिचेर नेपमेड्सको मोबाइल एप्समार्फत् पठाएपछि घरमा नै औषधि पुर्‍याउने नेपमेड्स विराटनगरका अध्यक्ष विवेक दाहालले जानकारी दिए । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, टुइटरजस्ता सामाजिक सञ्जालको प्रयोगबाट पनि औषधि अर्डर गर्न सकिने दाहालले जानकारी दिए ।