Rumpum Advertisement
Dazzu

दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएका संक्रमितको मृत्यु

दुई पटकसम्म पोजेटिभ रिपोर्ट आएका संक्रमितको मृत्यु

विराटनगर, ३ कात्तिक । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत कोरोना भाइरस संक्रमित एक वृद्धको सोमबार बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका–२० का ७८ वर्षीय वृद्ध पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धको रिपोर्ट दुई पटकसम्म पोजेटिभ आएको थियो । पहिलो पटक असोज १८ गते कोरोना पुष्टि भएका उनको दोस्रो पटक पीसीआर गराउँदा कात्तिक १ गते शनिबार पनि रिपोर्ट पोजेटिभ आएको डा. श्रेष्ठको भनाइ छ ।

पहिलो पटक रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई असोज १९ गते उपचारका लागि प्रतिष्ठानमा भर्ना गरिएको थियो । दुई पटकसम्म रिपोर्ट पोजेटिभ आएका उनको उपचार ठीक नहुँदै ज्यान गएको हो ।