Rumpum Advertisement

साविक विजेता रियल मड्रिड कार्डिजसँग पराजित

Neuro Revised Adv
Koshi Dashain ad
साविक विजेता रियल मड्रिड कार्डिजसँग पराजित

विराटनगर, २ कात्तिक । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिडले पराजय ब्यहोरेको छ । शनिबार राति भएको खेलमा रियल कार्डिजसँग १–० गोलले पराजित भएको हो ।

रियलको मैदानमा भएको खेलमा कार्डिजलाई जिताउन एन्थोनी लोन्जानोले निर्णायक गोल गरे । खेलको १६औं मिनेटमा उनले गरेको सो गोल रियललाई हराउन निर्णायक बन्यो ।

जितसँगै छ खेलबाट १० अंक जोड्दै कार्डिज तेस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको रियल समान अंकसहित शीर्ष स्थानमा छ । ऊ गोलान्तरको आधारमा अगाडि छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ