Rumpum Advertisement

गजलगो थुलुङको नथाक्ने मान्छे

Neuro Revised Adv
Koshi Dashain ad
गजलगो थुलुङको नथाक्ने मान्छे

सुनसरी, १ कात्तिक । चर्चित सङ्गीत सर्जक तथा गजलगो जेबी थुलुङले ६५ वटा छानिएका रचनासहित नेपाली गजल साहित्यको क्षेत्रमा सकारात्मक हस्तक्षेप गरेका छन् । गायनमा जम्ने मायालु अभिव्यक्तिलाई कलाको बान्कीले सजाउन सिपालु थुलुङको ‘नथाक्ने मान्छे’ गजल–सङ्ग्रह शनिबार बेलबारीमा लोकार्पण गरियो ।

थुलुङको सङ्ग्रहमा ‘तिम्रा लागि मै बदनाम हुन मन्जुर, तिमी गयौ र पो यो दिल खाली भो, सम्झिनेलाई सलाम बिर्सिनेलाई सलाम, गरिबको त माया पनि ऐलानी हुने रहेछ, छैन विश्वास मलाई कुनै भगवानको, विचारले हाँस्ने मान्छे पो मान्छे’ जस्ता पूर्व–चर्चित गजलहरू समेटिएका छन् ।

गजल सङ्ग्रह प्रकाशन तथा सार्वजनिक गर्न बेलबारी नगरपालिकाले विशेष सहयोग गरेको भन्दै लोकार्पण समारोहमा सहभागी स्रष्टाहरूले नगरपालिका पदाधिकारीको खुलेर प्रशंसा गरेका थिए । बेलबारी नगरपालिकाले नगरभित्रका स्रष्टा–सर्जकलाई पुस्तक प्रकाशन तथा गीत–सङ्गीत सिर्जना गर्न बजेट नै छुट्याएको छ ।

अग्रज संस्कृतिकर्मी हर्कमान तामाङको मुख्य आतिथ्यमा सम्पन्न लोकार्पण समारोहमा बेलबारीकी उपप्रमुख तथा कवि ढाका पराजुलीले गजलगो जेबी थुलुङ नेपाली गजल तथा सङ्गीत सिर्जनाको क्षेत्रमा एउटा हस्तक्षेपकारी नाम भएको बताइन् ।

कार्यक्रममा थुलुङद्वारा सिर्जित तथा सङ्गीतबद्ध एक दर्जनभन्दा बढी गजलहरू सुनाइएका थिए । सङ्ग्रहका रूपमा ‘नथाक्ने मान्छे’ पहिलो कृति भए पनि थुलुङका थुप्रै गजल, गीत तथा सङ्गीत सिर्जना युटुबमा उपलब्ध छन् । साजन राईको स्वर, जेबी थुलुङको शब्द र सङ्गीत रहेको ‘तिमी गयौ र पो यो दिल खाली भो,’ बोलको गजल भिडियो युटुबमा निकै चर्चित रहेको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ