Rumpum Advertisement

आइसोलेसनमा एक वर्षीय बालिकाको जन्मदिन

Neuro Revised Adv
Koshi Dashain ad
आइसोलेसनमा एक वर्षीय बालिकाको जन्मदिन

इटहरी, १ कात्तिक । इटहरीमा एक वर्षीय बालिकाले कोरोना जितेकी छन् । इटहरी आइसोलेसनमा बसेकी एक वर्षीय सायरा प्रधानले कोरोना जितेकी हुन् ।

एक वर्षको उमेरमा कोरोना जितेकी सायराको प्रथम जन्मदिन पनि इटहरी आइसोलेसनमै मनाइएको छ । डिस्चार्ज हुनुअघि आइसोलेसनमा केट काटेर सायराको जन्मदिन मनाइएको हो ।

आमा सविना प्रधान र छोरी सायरालाई असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सोही दिनदेखि उनीहरु इटहरी आइसोलेसनमा बसेका थिए ।

आमाछोरी दुबैजनाले कोरोना जितेकी हुन् । आमाछोरीमा कुनै पनि लक्षण नदेखिएको स्वास्थ्यकर्मी शिवकुमार झाले बताए ।