Rumpum Advertisement

स्वास्थ्यमन्त्रीलाई उद्योगीको पत्र : ‘सावधानी नअपनाए भयावह अवस्था आउँछ’

Neuro Revised Adv
Koshi Dashain ad
स्वास्थ्यमन्त्रीलाई उद्योगीको पत्र : ‘सावधानी नअपनाए भयावह अवस्था आउँछ’

विराटनगर, १ कात्तिक । कोरोना महामारीका कारण जनजीवन प्रभावित भएको भन्दै उद्योगी व्यावसायीले सरकारलाई उचित कदम चाल्न आग्रह गरेका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पत्र पठाउँदै भयावह अवस्था आउन नदिन बेलैमा उचित कदम चाल्न आग्रह गरेका हुन ।

प्रदेश नम्बर १ मा दिनहुँ कोरोना संक्रमित र मृतकको संख्या बढिरहेको र अस्पतालमा शैय्याको अभाव भएकाले तत्काल उपचारका लागि अस्पतालमा शैय्या सुविधा दोब्बर गर्न आग्रह गरेका छन् ।
अस्पतालमा शैय्याको अभाव हँुदा बिरामीले उपचार नै नपाई मर्नुपर्ने अवस्था आएको जानकारी गराउँदै दुई संगठनले भयावह अवस्था आउन नदिन तत्काल कदम चाल्न आग्रह गरे ।

प्रदेश १ मा रहेका मेडिकल कलेजहरुलाई १०० बेड, नर्सिङ होमहरुलाई ५० बेड र प्रदेश सरकारले प्रतिबद्धता जनाएको एक हजार बेडको कोभिड अस्पताल निर्माणका लागि आवश्यक पहल गरिदिनसमेत आग्रह गरेका छन् ।

प्रदेश १ मा १२ हजार ७ सयजना संक्रमित छन् । कोरोनाको कारण ज्यान गुमाउने प्रदेश १ मा १२५ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ