Rumpum Advertisement

सास फेर्न गाह्रो हुने समस्या सामधान गर्ने यस्ता छन् घरेलु उपाय

Neuro Revised Adv
Koshi Dashain ad
सास फेर्न गाह्रो हुने समस्या सामधान गर्ने यस्ता छन् घरेलु उपाय

विराटनगर, ३० असोज । सास फेर्न गाह्रो हुँदा असहज र कष्टकर अनुभव हुने गर्छ । सिढीमा चढेपछि वा रुघाखोकीबाट पीडित हुँदा सास फेर्न गाह्रो हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या धेरै कारणले हुन सक्छ । यो अस्थायी वा केही गम्भीर स्वास्थ्य अवस्थाको कारण पनि हुन्छ ।

कहिलेकाँही सास फेर्दा देखिने समस्यालाई घरमै सजीलै समाधान गर्न सकिन्छ । तर, प्रत्येक दिन वा लगातार सास फेर्न समस्या भएमा चिकित्सकसँग परामर्श लिनु पर्ने हुन्छ ।

सास फेर्न गाह्रो हुने समस्या भए गर्न सकिने घरेलु उपायः

अदुवा वा अदुवा हालेको चियाले फाइदा गर्छ । अदुवाले श्वासप्रश्वासको संक्रमणको कारण हुने सासको समस्यालाई कम गर्न मद्दत गर्छ ।

अदुवामा भएको एन्टी–इन्फ्लेमेटरी गुणका कारण फोक्सो फुल्ने समस्यालाई कम गर्न सक्छ । रुघाखोकी वा फ्लुबाट पीडित भएको कारण सास फेर्न गाह्रो महसुस भइरहेको छ भने नाकमा सिँगान र फोक्सोमा खकार भरिएको कारणले हुन सक्छ ।

खकार तथा सिँगान हटाउनका लागी वाफ लिन सकिन्छ । वाफ लिदा सास फेर्ने मार्ग खाली हुन्छ र सास फेर्न सहज हुन्छ ।

असहज महसुस भएमा वा सास फेर्न गाह्रो भएको बेला, चिसो हावाको लागी फ्यानको नजिकै बस्न सकिन्छ । सास फेर्दा हावाको शक्ति महसुस गर्नाले शान्त हुन मद्दत गर्छ ।

सीधा भइ आरामदायी पोजिसनमा भुईं वा कुर्सीमा बसी बिस्तारै नाकबाट ४ देखि ५ सेकेन्डका लागि सास तानेर मुखबाट सास फेर्दा सहज हुन्छ ।

मांसपेशीलाई कडा हुन नदिन कफीमा भएको क्याफिनले पनि मद्दत गर्न सक्छ । कफी दमाबाट पीडित व्यक्तिको लागि एकदम प्रभावकारी साबित भएको छ । कालो कफीले फोक्सोको कार्य सुधार गरी सास फेर्दा हुने समस्यालाई हटाउन मद्दत गर्छ ।

प्रतिक्रिया

  1. हो सर मलाई पनि ग्यास्टिकले गर्दा
    पेट छाती फुल्ली रखने र सास फेर्न गारो भये जस्तो हुन्छ येसको उपाई के गर्दा ठीक होला बताई हुन अनुरोध छ सर.

Comments are closed.