Rumpum Advertisement

मास्क लगाएर हवाइ यात्रा गर्दा संक्रमित हुने खतरा कम

Neuro Revised Adv
Koshi Dashain ad
मास्क लगाएर हवाइ यात्रा गर्दा संक्रमित हुने खतरा कम

विराटनगर, ३० असोज । मास्क लगाएर विमानमा यात्रा गर्दा कोरोना भाइरसबाट संक्रमित हुने खतरा धेरै कम हुने अध्ययनले देखाएको छ ।

अमेरिकी सेनाले गरेको अध्ययनअनुसार विमानमा यात्रा गर्दा मास्क लगाए मात्र पनि संक्रमित हुने खतरा धेरै कम हुन्छ ।

अनुसन्धानकर्ताको टोलीले सामान्य रूपमा संक्रमित व्यक्तिले सास फेरेको नक्कल गर्ने डमीले उत्सर्जन गरेको एयरबोर्न संक्रामक पदार्थको मात्रालाई सेन्सर र फ्लोरोसेंट ट्रेसरको प्रयोग गरेर नापेका थिए ।

युनाइटेड एयरलाइन्सको सहयोगमा अगष्ट महिनाको आठ दिनसम्म मैदानमा र उडानमा करिब तीन सय परीक्षण गरिएको थियो ।

विमानमा भएको भेन्टिलेसन प्रणालीले संक्रमित डमी नजिकै बसेका यात्रीहरूमा कोभिडका दूषित कण पुग्नुअघि त्यसमध्ये ९९.७ प्रतिशत हटाएको पाइयो । टाढाका यात्रीमा यो दर ९९.९९ प्रतिशत रहेको थियो ।

अध्ययनले देखाएको नतिजालाई आधार मानेर अमेरिकी सैनिक यातायात अधिकारीको टोलीले मास्क लगाएको खण्डमा १२ घण्टाको उडानमा संक्रमणको प्रसारण नगन्य थिएको निष्कर्ष निकालेका छन् ।

तर, परीक्षणमा केवल एक संक्रमित यात्रीलाई मात्र राखेर अध्ययन गरिएको थियो । अध्ययनको बेला विमानमा भएका सबैले लगातार मास्क लगाएको र कुनै संक्रमित व्यक्ति विमानको क्याबिनवरिपरि नहिँडेको पनि बताइएको छ ।

प्रतिकृया दिनुहोस्:

तपाईको ईमेल गोप्य राखिनेछ